रुखले किचेर एकको मृत्यु, ३ घाइते

साउन २३, २०७८ मा प्रकाशित | 309 views

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका – ७ अधेरी झरना नजिकै शनिबार दिउँसो रुखले किच्दा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा दनुवारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए । रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, अटो चालक कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ र अर्की २७ वर्षीया मिना दनुवार घाइते भएको डीएसपी गौतमले बताए ।

घाइतेमध्ये अटो चालक तामाङ गम्भीर छन् । अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

एक्कासी रुख ढल्दा पार्किङ गरेर राखिएको प्र२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटर साइकललाई र मृतक महिलालाई किचेको प्रहरीले जनाएको छ ।

मृतक दनुवार श्रीमानसहित अटो लिएर अधेरी झर्ना घुम्न आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web