काठमाडौँ । काठमाण्डाैका स्थानीयबासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । खाेप लगाउनकाे लागि वडामा एक मात्र ठाउँ ताेकिँदा चर्काे घाममा लामाे समयसम्म लाइनमा उभिनुपर्ने बाध्यता छ ।
शनिबार काठमाण्डाै महानगरपालिका वडा नम्बर १० मा रहेकाे रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन अझै धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । हिजो (शुक्रबार)बाट सुरु भएको खोप काठमाण्डाै महानगरपालिकाका ३२ वटै वडाको १/१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकि सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काकाे भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘अझै भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरु धेरै बाँकी छन् । एउटा वडामा ३ वटा ठाउँ तोकेर सबैले सजिलै खोप लगाउन पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो । खोप सहज ढंगले लगाउन पाएकोमा सरकारलाई धन्यवाद ।’
यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताउनुभयो । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाइन नबसी खोप लगाउने व्यवस्था गरिएको उहाँको भनाइ छ।
वडाध्यक्ष केसीले भन्नुभयो, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरुका लागि लाइन नबसी खोप लगाउने व्यवस्था गरिएको छ ।’
काठमाण्डाै महानगरपालिकाले भोलि (आइतबार) सम्म यो खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरुका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताउनु भयो ।
16.05¡ÆC