थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

साउन २३, २०७८ मा प्रकाशित | 393 views

काठमाडौँ । नेपालमा थप तीन हजार दुई सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार ८ सय ६६ जनाको पीसीआर र चार हजार ७ सय ७ काे एन्टिजेन गरि १३ हजार पाँच सय ७३ नमूनाको परिक्षण गर्दा तीन हजार दुई सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै २४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म सात लाख ८० हजार ८ सय आठ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै थप एक हजार सात सय २२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ ।

यस्तै थप १९ जना काेराेना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ । अहिले नेपालमा ३५ हजार चार सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये सात सय ४६ जनाको आईसीयू र एक सय ६९ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web