देशभर ३९३८ जना कोरोना संक्रमित थपिए, ३७ जनाको निधन

साउन २१, २०७८ मा प्रकाशित | 427 views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८७० पीसीआर परीक्षण गर्दा ३००७ र ६५३८ एन्टिजेन परीक्षणमा ९३१जना गरी ३९३८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।

  पछिल्लो २४ घण्टामा २०१२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web