८६६ ग्राम सुनसहित ३ भारतीय पक्राउ

साउन २१, २०७८ मा प्रकाशित | 267 views

काठमाडौँ । सिल्भर रंगको पोलिस लगाएर ल्याएका ८६६ ग्राम सुनसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राजस्थान नागौर जिल्ला छोटीखाटु खाना सेरानीका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट साकिर अली समेतका व्यक्तिहरुले विभिन्न देशहरूबाट भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी काठमाडौं कारोबार गर्न लागेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले उनीहरु पक्राउ गरेको हो । महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बुधबार काठमाडौं महानगर–९ सिनामगंलको मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट सिल्भर रंगको पोलिस लगाएको घोटेर हेर्दा सु जस्तो पहेलो रङको धातुको रोल थान–८, त्यस्तै धातुको टुक्रा थान–२, सिल्भर रंगको पोलिस लगाएको घोटेर हेर्दा सुन जस्तो पहेलो रङको धातुको बिस्कुट आकारको पाता थान–१ गरी एकमुष्ट तौल १ केजी ८ सय ६६ ग्रामको सिल्भर रङको पोलिस लगाएको धातुहरु बरामद गरेको एसपी कोइरालाले बताए ।

उनीहरुको साथबाट भारतीय ५ सय दरको २ सय ११ थान भारु १ लाख ५ हजार ५ सय समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानमा वैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिहरुलाई प्रयोग गरी विभिन्न घरायसी प्रयोजनका सामानहरुमा लुकाइछिपाई, जलप लगाई स्वरुप समेत परिवर्तन गरी भन्सार छली सुन ल्याउने गरेको बुझिएको महाशाखाले जनाएको छ ।

सुन हो होइन भनेर जाँच गर्न महाशाखाले सुनचाँदी व्यवसायी महासंघमा पठाइएको थियो । उक्त सिल्भर रंग पोलिस लगाएको धातु सुन नै हो भन्ने पुष्टि भएको महाशाखाका एसपी कोइरालाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web