ओलम्पिक डेका अबसरमा चेस प्रतियोगिता

असार २, २०७३ मा प्रकाशित | 843 views

काठमाडौं,असार २ । त्रीयोग स्कुल र स्पोर्ट्स फर अल कमिसनको संयुक्त आयोजनामा त्रीयोग  अन्तरविद्यालय चेस प्रतियोगिता बिहिबार सुरु भयो । ओलम्पिक डेका अबसरमा आयोजित ६ स्पर्धा समाबेश प्रतियोगितामा १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर प्रताप अधीकारीले बताए । प्रतियोगिताको स्पोर्ट्स फर अल कमिसनका बिष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे  ।

पहिलो दिनको खेलमा माध्यमिक तहको छात्रमा अन्नपूर्णका मोहम्मद अदनान अदिल र अजुप गुरुङ्ग, दिपज्योतीका अपिल रिमाल,ग्रीनल्यान्डका युवराज पौडेल र रोजन श्रेष्ठ,त्रीयोगका रोनीक पाठक र माहंकाल माबीका रोजन श्रेष्ठ  दुइ अंक सहित शिर्ष स्थानमा छन्। छात्रा तर्फ दिपज्योतीकी मनिषा जयसवाल, अन्नपूर्णकी लामु शेर्पा,ग्रीनल्यानडकी चन्द«ावती पण्डित र त्रीयोगकी तेजश्वीनी तामाङ्गको दुइ अंक छ ।

छात्र निम्न माध्यमिकमा माहंकालका अजय टमाटा र विजय टमाटाको साथमा नाइटींगलका यादव चन्दन,ग्रीनल्यान्डका सौगात कुबर, अन्नपूर्णका समिर अन्सारी र दिपज्योतीका सन्तोष सापकोटाको दुइ अंक छ । छात्रा तर्फ ग्रीनल्यान्डका निर्जला पौडेल, सम्बृद्धी पाण्डे र कुसुम तामाङ्गको साथमा त्रीयोगकी आशिका शर्माको दुइ अंक छ । प्राथमिक छात्रमा अन्नपूर्णका प्रबेश लामा र रोहीत श्रेष्ठको साथमा दिपज्योतीका जिवन गुरुङ्ग र तिलिङ्गार माबीका प्रसान्त बजगाइको दुइ अंक छ । छात्रा तर्फ नाइटींगलकी श्रीस्टिना श्रेष्ठ,तीलीङ्गटारकी पुष्पा भुजेल र अन्नपूणर्क रोसरी डंगोलको समान दुइ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web