बाढीका कारण थप १८ घरपरिवार विस्थापित

साउन २१, २०७८ मा प्रकाशित | 324 views

सिन्धुपाल्चोक । गएको शनिवार आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिनुभयो ।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिनुभयो ।

जोखिममा रहेका बस्ती तथा घर जोगाउनका लागि खोला नियन्त्रण गर्ने कामलाई मेलम्ची नगरपालिकाले निरन्तरता दिएको छ । यही साउन १६ गते आएको बाढीले घरमा क्षति गर्दै मेलम्ची बजारमा नै खोला पस्ने जोखिम बढेपछि नगरपालिकाले खोला नियन्त्रण गर्न थप जनशक्ति परिचालन गरेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।

बाढी प्रभावितका लागि खान, बस्न र स्वास्थ्य उपचारको अभाव हुन नदिनेसमेत नगरपालिकाले दाबी गर्दै आएको छ । बाढी प्रभावितलाई २५ हजारदेखि १० हजार रुपैयाँ नगद सहयोग गर्नेसमेत नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । यस्तै सरकारले बाढीपहिरोका कारण बिजुली बन्द भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पुर्याउन पहल थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web