चोरी भएका मोटरसाइकल सम्बन्धित धनीले पाए

साउन २०, २०७८ मा प्रकाशित | 416 views

काठमाडौँ । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भइ भेटिएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भइ भेटिएका २३ वटा मोटरसाइकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो । लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाइकलहरु सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन् । एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताउनु भयो । सकेसम्म चोरी नै हुन नदिने, भइहाले पनि तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरुको अभियान नै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले १६ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेला पारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाइकल करिब ७० प्रतिशत मात्रै भेटिने गरेको पनि जानकारी दिनु भयो ।

महाशाखाले हाल काठमाण्डाै उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाइकलको खोजी गर्दै आएको छ । अब भने त्यसको दायरा देशभर पुर्याउने योजना बनाइएको एसएसपी भट्टराईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web