नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

साउन २०, २०७८ मा प्रकाशित | 448 views

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे मिर्गाैला प्रत्याराेपण सफलतापूर्वक सम्पन्न भएकाे छ ।

केही समय अघिदेखि भारतकाे एपाेलाे अस्पतालमा उपचाररत खनालकाे आज बुधवार मिर्गाैला प्रत्याराेपण सफलतापूर्वक सम्पन्न भएकाे उहाँकाे निजी सचिवालयले जनाएकाे छ ।

एफाेलाे अस्पतालमा डा. अखिल मिश्रकाे निगरानी तथा नेतृत्वमा उपचाररत खनालकाे आज डा. सन्दीप गुलेरियाको सर्जरी टिमले मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हाे ।

अब नेता खनालले केही समय अस्पतालमै रही आराम गर्नुहुने र स्वास्थ्य स्थिति सामान्य भएपछि नेपाल फर्किनुहुने उहाँकाे सचिवालयले जनाएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि गएकाे असार २ गते भारतकाे दिल्ली प्रस्थान गर्नुभएकाे थियाे । त्यसअघि नेता खनालकाे थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा उपचार भइरहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web