मनाङमा लगाए सबै नागरिकले खोप

साउन १९, २०७८ मा प्रकाशित | 398 views

काठमाडौँ । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।

कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यले  जानकारी दिए ।

मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले बताए ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो ।

अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १९८ रहेको आचार्यले बताए ।

जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको उनले बताए ।

आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web