फलफुल पकेट कार्यक्रममा अनियमितता, जानकारी लिन जादाँ दुव्र्यबहार, नगरपालिकाको कार्यालयमा तोडफोड

साउन १८, २०७८ मा प्रकाशित | 785 views

त्रिशूली । नुवाकोटको विदुर नगपालिका मार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरुबाटै नगरपालिकामा तोडफोड गरिएको छ ।

नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं. १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिए अनुसार सुन्तला र कागतिको बिरुवा वितरण नभएको पाइएपनि बजेट भुक्तानी गरेको बिरोधमा नेपाली काँग्रेस समर्थित छ जना वडाध्यक्षहरुको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।

No description available.

No description available.
ढुङ्गा प्रहारबाट नगरपालिकाको झ्यालका सिसाहरु, विद्युतीय सूचना बोर्ड लगायतका बाहिर संरचना समेत गरेर रु एक लाख बराबरको क्षति पुगेको घटना पछि नगरपालिकाले पत्रकार सम्मेलनमा उपलब्ध गराइएको प्रेस विज्ञप्तीमा भनिएको छ ।

 

नगरपालिका तोडफोडको क्रममा भएको झडपमा दुई जना प्रहरी सहित चार जना घाइते भएका छन् ।

No description available.No description available.

‘ फलफुल पकेट विकास कार्यक्रम’को लागी बिना प्रतिस्पर्धा नेकपा एमालेबाट १३ नंं का वडाध्यक्षमा पारजित नानीकाजी खड्का अध्यक्ष रहेको ‘कल्याणपाुार कृषि सुधार बहुउद्देष्य सहकारी’ मार्फत काम गरेको फर्जि कागज बनाएर रु १३ लाख बजेटमा पहिलो चरणमा साउन १४ मा रु.छ लाख ९८ हजार भुक्तानी दिएकाले बिरोध गर्नुपरेको वडाध्यक्ष दलबहादुर तामाङले बताउनुभएको छ ।

पकेट कार्यक्रममा अनियमितता भएको उजुरी दिदा समेत बजेट भुक्तानी भएपछि त्यसको जानकारी माग गर्न आउदा प्रहरीबाट धरकपड भएकाले झडपको अबस्था आउनु दुःखत अबस्था सिर्जना भएको भन्दै वडाध्यक्ष दलबहादुर तामाङले घटनाको सत्यतथ्य बङ्गाउन नगरपालिकाले नै नियोजित रुपमा भड्काएर घटना गराएको भन्दै आन्दोलन र दबाब निरन्तर जारी रहने चेतावनी दिनुभएको छ ।

‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’को लागी रु.१३ लाखको कार्यक्रममा तोकिएको सङ्ख्या भन्दा निकै कम बिरुवा वितरण भएकाले रकम भुक्तानी नहुने बताएपनि भएको कामको आधारमा एवम् स्थलगत मूल्याङ्कन मार्फत ६ लाख ९८ हजार रुपैयाँ भुक्तानी दिइएको विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डितले घटना पछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।  

No description available.
पकेट कार्यक्रमको सम्बन्धमा यसअघि कामको प्रभावकारी नभएको उजुरी परेकाले स्थलगत छानबिनमा कैफियत पाइएसगैँ बजेट भुक्तानी रोकिदै आएकोमा गोप्य रुपमा साउन १४ गते भुक्तानी दिएको पाइएसगैँ काँग्रेस समर्थित जनप्रतिनिधि बिरोधमा उत्रिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web