काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।
मन्त्री संख्या र मन्त्रालय भागबन्डाबारे छलफल हुने बताइएको छ ।
असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।
सरकार गठन भएको २० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।
19.12¡ÆC