एक किलोभन्दा बढी लागूऔषध सहित १३ जना पक्राउ

साउन १८, २०७८ मा प्रकाशित | 315 views

काठमाडौँ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब २ वर्षअघिको एउटा कसुरबारे अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा सर्च अपरेसन गर्दा उक्त परिमाणमा कोकिन भेटेको हो ।

पक्राउ परेकाहरुबाट केही परिमाणमा चरेससमेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई केही बेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web