काठमाडौँ । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ ।
अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै पर्ने अवस्था आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् ।
आइतबार साँझ टेकु अस्पताल परिसरको टहरामा कामदाहरु बेड राख्दै थिए, इलेक्ट्रिसियनहरुले बत्ती जोड्दै थिए । बेड तयार नहुँदै २ जना संक्रमित अक्सिजनको सहरामा त्यही पल्टिएका थिए । आकस्मिक कक्षबाहिर ३ जना संक्रमित अक्सिजनको सहारामा पालो कुर्दै थिए । संक्रमितका आफन्तलाई चिकित्सकले भन्दै थिए, ‘आईसीयू खाली छैन, आकस्मिक कक्षमा कतै म्यानेज गर्नुपर्ला… नत्र अरु अस्पतालमा रेफर गर्नुपर्छ ।’
18.43¡ÆC