टेकु अस्पतालको इमर्जेन्सीमा फेरि बढ्यो कोरोना संक्रमितको दर

साउन १७, २०७८ मा प्रकाशित | 493 views

टेकु अस्पतालको इमर्जेन्सीमा फेरि बढ्यो कोरोना संक्रमितको दर

काठमाडौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा फेरि कोभिड- १९ संक्रमितको चाप बढेको छ। इमर्जेन्सी कक्षमा भर्ना हुने संक्रमितको चाप बढ्न थालेपछि अस्पतालले धमाधम बेडहरू थप्न थालेको हो।

आइतबारबाट टेकु अस्पतालले टहरामा समेत बेडहरू तयार पार्न थालेको छ। पछिल्लो समय इमर्जेन्सीमा देखिएको संक्रमितको चापले कोरोना महामारीको तेस्रो लहरको संकेत गरिरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक लीलानाथ भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web