खोरभित्रै पसेर बाघले मार्‍यो बाख्रा

साउन १६, २०७८ मा प्रकाशित | 425 views

दाङ । दाङमा खाेरभित्रै पसेर बाघले ९ वटा बाख्रा मारेकाे छ । लमही नगरपालिका – ८ निम्बुखुट्टी निवासी रामप्रसाद चौधरीको खोरमै गएर रातको समयमा बाघले ९ वटा बाख्रा मारेकाे हाे ।

बिहान बाख्रालाई खोरबाट बाहिर निकाल्न जाँदा मात्र बाघले बाख्रा मारेकाे थाह पाएको पीडित राम प्रसादले बताउनुभयो । खोर कच्ची भएकाेले बाघ सजिलै गाेठिभत्र छिरेकाे हुनसक्ने उहाँकाे भनाइ छ ।

उहाँका अनुसार बाघले मारेका बाख्रामध्ये ६ वटा बाख्रा गर्भिणी ( बच्चा जन्माउने) रहेका र अन्य तीन वटा माउ बाख्रा हुन् । झण्डै दुई लाख जति क्षति भएको अनुमान गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web