त्रिशूली । अबिरल वर्षातको कारण नुवाकोटको मैथली तालिम केन्द्रको विदुर तर्फको खोलाको पुलमा १३ गते राती पुगेको क्षति मर्मत गरेर आंशिक रुपमा सुचारु भएकोमा शुक्रबार रातीको पानीले पुनः क्षति पुराएसगै सवारी आवागमन अबरुद्ध भएको छ । गएको बुधबार राती ८ बजेदेखि पूर्ण रुपमा ठप्प भएको सडक माटो भरेर बिहीबार बिहानदेखि सञ्चालनमा ल्याएकोमा उक्त माटो शुक्रबार रातीको अविरल वर्षाले बगाएसगैँ पुनः सडक अबरुद्ध भएको हो । पुलको जगमा नै क्षति पुगेर सडक अबरुद्ध हुदाँ विदुरबाट मैथली ब्यारेक हुदै बट्टार आउजाउ गर्न बन्द भएको सडक तत्कालको लागी आशिंक रुपमा ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ योजना खुलाइदिएको थियो । उक्त स्थानमा ह्युम पाइप राखेर थप व्यवस्थित बनाउने काम भैरहेको थियो । शुक्रबार रातीको अविरल वर्षाले बगाएसगैँ अबरुद्ध भएको सडकको खुलाउनको लागी ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ योजनाको कार्यालय मार्फत पहल अघि बढाउने योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभएको छ । सडक सुचारु हुन पुनः माटो भर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको छ ।
शुक्रबार रातीको अविरल वर्षाले बगाएसगैँ अबरुद्ध भएको सडकको अबस्था ।

20.82¡ÆC