किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले प्रधानमन्त्री देखि प्रमुख निर्वाचन आयुक्तसंगको भेटमा के भन्नुभयो ?

साउन १६, २०७८ मा प्रकाशित | 1041 views

त्रिशूली । नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले आफ्नो पालिका सहित देशभरको लागी समस्याको रुपमा रहेको कोरोना रोगको रोकथाथ, मतदाता परिचयपत्र नाम दर्ता तथा अध्यावधि सहित विकास निर्माणको क्रममा उत्पन्न समस्याको समाधानको लागी सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा (तामाङ) सहित किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य राज्यमन्त्री र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसंग भेट गरेर विद्यमान समस्याको समाधानको लागी पहल गर्न तथा आवश्यक नीति बनाउन सुझाब दिएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौमा भएको छुट्टाछुट्टै भेटमा किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गर्दै कोरोना रोगको रोकथाम तथा नियन्त्रणको लागि राज्यले सबै नागरिक लाई यथासम्भब खोपको ब्यबस्था गर्नु पर्ने र अहिले सञ्चालन भैरहेको खोप केन्द्रहरु विशेष गरेर शहरी क्षेत्रमा निकै कम भएकाले बढेको भीडले थप जोखिम निम्ताउन सक्ने भएकाले त्यसलाई समाधान गर्न आग्रह गर्नुभएको हो ।

May be an image of 4 people and people standing
किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले हिजो नै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासंग शुक्रबार भेट गरेर मतदाता नामावली संकलनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा (तामाङ) सहित अन्य जिल्लाको पालिका र पाटीका प्रतिनिधिसंगको भेटमा कोरोना रोगको जोखिम र विपद्को कारण उत्पन्न परिस्थितीले गर्दा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आफ्नै जिल्ला जानुपर्ने बाध्यात्मक अबस्था हटाई जो जहाँ छ सोही जिल्लााट नामावली भर्न तथा अध्यावधिक गराउन पाउने व्यावस्था मिलाउन गरिएको आग्रहमा प्रमुख निर्वाचन आयुक्तबाट सकारात्मक जवाफ पाएको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभएको छ ।

May be an image of 1 person, standing and indoor

यसैबीच, शुक्रबार  नै किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसंग भेट गरेर पालिकामा भैरहेको विकास निर्माणको गतिविधि, सेवा सञ्चालनको क्रममा उत्पन्न हुने समस्याको समाधान तथा पालिकाहरुको लागी संघीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग सहित संघीय र स्थानीय सरकारबीचको समन्वयको सम्बन्धमा छलफल भएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web