थप ३६११ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको मृत्यु

साउन १५, २०७८ मा प्रकाशित | 464 views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ र ४८७८ एन्टिजेन परीक्षणमा ११४४ जना गरी ३६११ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ । पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web