३,३६५ जनामा कोरोना पुष्टी, १६ जनाको मृत्यु

साउन १४, २०७८ मा प्रकाशित | 495 views

काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा देशभर ३३६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २३३५ र ४७८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ४४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ । पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web