सुनको भाउ तीनसय रुपैयाँले बढ्यो

साउन १४, २०७८ मा प्रकाशित | 385 views

काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलाको ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो । हिजो पनि सुनको भाउ तोला तीन सय रुपैयाँ नै बढेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा बिक्री भएकोमा आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web