पूर्वसभामुख महरालाई उच्च अदालतले दियो सफाइ

साउन १२, २०७८ मा प्रकाशित | 418 views

पूर्वसभामुख महरालाई उच्च अदालतले  दियो सफाइ

काठमाडौँ । यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको हो ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डाै जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो ।

पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो ।उहाँलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाण्डाै जिल्ला अदालतले सफाइ दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web