कैलालीमा साउन २१ गतेसम्म निषेधाज्ञा थप

साउन ११, २०७८ मा प्रकाशित | 482 views

धनगढी । कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने जनाइएको छ ।

जारी आदेशमा पूर्वनिर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा एउटा कोठा वा हलमा २५ जना भन्दा बढी व्यक्ति नहुने गरी दिने व्यवस्था मिलाउने, एउटा सिफ्टका परीक्षार्थी बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थी राख्ने मिल्ने गरी समय मिलाउन भनिएको छ ।

विभिन्न गोष्ठी तथा तालिम, सेमिनार, बैठक, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गराउने, भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था भए २५ जना भन्दा  बढी मानिस सहभागी नगराउने, घर बाहिर निस्किँदा अनिवार्य दुई मिटरको दूरी कायम गर्दै मास्कको प्रयोग गर्न पनि आदेशमा उल्लेख छ ।

जनस्वास्थ्यका मापदण्डको पालन गरेर मध्यम तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्न पाइने तर त्यस्ता सवारीसाधनले यात्रुहरुको नामावली र सम्पर्क नम्बरहरु प्रस्थान बिन्दु र गन्तव्य बिन्दुका ट्राफिक प्रहरी पोष्टमा अनिवार्य टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web