अमेरिकामा फेरि कोरोना सङ्क्रमण फैलने चेतावनी

साउन ११, २०७८ मा प्रकाशित | 433 views

काठमाडौँ । अमेरिकामा फेरि कोरोनाको सङ्क्रमण फैलने चेतावनी दिइएको छ ।

वरिष्ठ स्वास्थ्य विज्ञ एन्थनी फासीले कोरोना महामारीकाे रोकथामका लागि अमेरिका गलत दिशातर्फ अगाडि बढिरहेको भन्दै खोप कार्यक्रमलाई व्यापकता बनाउनु पर्ने बताउनु भएको छ ।

कोरोना विरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण बढ्दै गएकाले अवस्था फेरि भयावह हुन सक्ने उहाँको चेतावनी छ । अमेरिकामा कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले फेरि सबैजनाले मास्क अनिवार्य लगाउनु पर्ने बेला आएको उहाँको भनाइ छ । यसका लागि उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

खोपको दोस्रो डोज लगाएकाहरुलाई पनि मास्क अनिवार्य गर्नु पर्ने उहाँको सुझाव छ । राष्ट्रपति जो बाइडेनका मुख्य चिकित्सा सल्लाहकार समेत रहेका फासीले लस एन्जलस, काउन्टीलगायत क्षेत्रमा अहिले सङ्क्रमण बढिरहेको पनि बताउनु भएको छ ।

कोरोना विरुद्धको खोप नलगाएकाहरुले स्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिँदा समस्या भएको भन्दै उहाँले खोप लगाउन पनि अनुरोध गरेका बीबीसीले जनाएको छ । अमेरिकामा रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका, दीर्घरोगी तथा क्यान्सर र अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरुमा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web