चितवन । चितवनमा माछापुच्छ्रे बैंकको टांँडी शाखाको एटीएम तोडफोड गरी चोरी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रत्ननगर नगरपालिका वडा नम्बर २ आर्दशनगरका पुष्प भनिने भरत परियारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार राति १२ बजेर ३७ मिनेटको समयमा रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित रहेको माछापुच्छ्रे बैंक टांँडी शाखामा एटीएम बुथभित्र छिरेर तोडफोड गर्ने क्रममा प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिन खोज्दा परियार भागेका थिए ।
सीसीटीभी फुटेजको आधारमा परियारलाई खोज्ने क्रममा रत्नननगर नगरपालिका वडा नम्बर २ एफएम डांँडाबाट उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
20.61¡ÆC