१ लाख २२ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ

साउन २, २०७८ मा प्रकाशित | 502 views

दाङ । प्रहरीले जुवाको खालमा छापा मारेर १ लाख २२ हजार बढी रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका-१३ डुमरगाउँमा रहेका गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले १० जना जुवाडेसहित नगद र तासकाे गड्डी नियन्त्रणमा लिएकाे हाे ।

उनीहरुबाट १ लाख २२ हजार ५ सय १० रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web