२४ घण्टामा २ हजार ६ जनामा कोरोना पुष्टि

साउन १, २०७८ मा प्रकाशित | 486 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ५६९ परीक्षणबाट ९३० जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार १८२ परीक्षणमा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web