<h1 style="margin-top: 23px; margin-bottom: 11.5px; font-size: 2.5em; font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; color: rgb(68, 68, 68); letter-spacing: 0.10000000149011612px;"><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-size: 13px; line-height: 23px;">काठमाडौं,जेठ ३२ । ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा नेपाल आर्मीले विजयी सुरुवात गरेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको प्रतियोगितामा आर्मीले जाउलाखेल युथ क्लवलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५ औं मिनेटमा जाउलाखेलका सुशान्त चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएको भएपनि त्यसलाई जोगाउन नसक्दा जाउलाखेल पराजित भयो । आर्मीका लागि अभिषेक रिजालले ४५ औं मिनेटमा ६ यार्ड टाढाबाट हेडमार्फत गोल गर्दै पहिलो हाफमा नै बराबरीमा ल्याए ।</p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-size: 13px; line-height: 23px;">८०औं मिनेटमा सुमन अर्यालको क्रसलाई सदुपयोग गर्दै हेड मार्फत गोल गर्दै प्रेजेन तामाङले आर्मीको जित दिलाए । प्रतियोगितामा बुधबार संकटा क्लव र थ्री स्टार क्लवबिच साढे १ बजे तथा सरस्वति क्लव र नेपाल पुलिस क्लवबच ४ बजे प्रतिस्पर्धा हुने । एक वर्षअघि करेन्ट लागेर ज्यान गुमाएका आफ्ना तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख रुपैयाँ पुरस्कार पाउने छ ।</p></h1>
25.12¡ÆC