शेराबगर । शिवपुरी गाँउपालिकाले किसानलाई यान्त्रीकरणतर्फ आकर्षित गर्न तथा कम लगानीमा बढी आम्दानी लिनको लागी सहयोग पुराउने उद्देष्यले किसानलाई हातेट्याक्टर र थ्रेसर अनुदानमा उपलब्ध गराएको छ । शिवपुरी गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि सेवा केन्द्रको स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत गाउँपालिका भित्रका किसानहरुबीच प्रतिस्पर्धाको आधारमा २१ थान हातेक्ट्याक्टर र पाच थान धानगहुँ दुवै चुट्ने मिल्ने थ्रेसर उपकरण उपलब्ध गराइएको हो ।

कृषि सेवा केन्द्रको शाखा प्रमुख भुवन तिमिल्सिनाको अनुसार गाउँपालिका भित्र रहेका कृषक, कृषक समूह, कृषि सहकारी सँस्था, कृषि फर्म लगायतबाट संकलन १५१ जना वटा निवेदन प्राप्त भएकोमा उत्कृष्ट निवेदनलाई ५० प्रतिशत अनुदानमा यान्त्रीकरण उपलब्ध गराइएको हो ।

आधा रकम अनुदानमा प्रदान गरिएको हातेट्याक्टर सात हर्सपावर क्षमताको लागी किसानले २३ हजार रुपैयाँमा प्राप्त गरेका छन् भने सात हर्स क्षमताको थ्रेसरको अनुदान सहुलियत सुविधा पाएसगैँ किसानको ३० हजार रुपैयाँ परेको छ ।

किसानलाई कृषि पेशातर्फ आकर्षित गर्न, कृषिमा आधुनिकीरकण तथा यान्त्रीकरणतर्फ अघि बढाउन, कम लगानी धेरै आम्दानी र कम समयमा धेरै काम सहजै गर्नको लागी सहयोग पुराउने उद्देष्यले कृषि सामाग्रि किसानलाई उपलब्ध गराएको गाँउपालिकाको अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ । उहाँको अनुसार गाउँपालिकाले किसानको लागी बजेटमा प्रथामिकता दिदै कार्यक्रमलाई सञ्चालन गर्दै आएकाले आगामी वर्ष पनि कृषिलाई प्रथामिकता दिएर बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शिवपुरी गाँउपालिकाले कृषि अन्तरगत शितभण्डार गृहको निर्माण, आठवटै वडालाई समावेश गर्दै कृषि चक्रपथ विस्तार, ‘कृषकको लगानीःपालिकाको ढुवानी’ कार्यक्रम अन्तरगत उन्नतजातका पशुचौपाय खरिदमा ढुवानी सुविधा, व्यावसायिक दुग्ध विक्री गर्ने किसानलाई एक लिटर दुधमा तीन रुपैयाँ अनुदान लगायतका कार्यक्रम अहिले सञ्चालनमा रहेका छन् ।

16.54¡ÆC