त्रिशूली । ‘विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था’ले आबद्ध भएका किसानको लागी ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको छ ।

विदुर नगरपालिका वडा नं. ४ विदुरमा कार्यालय रहेको ‘विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था’ले आबद्ध शेयर सदस्यहरुलाई व्यावसायिक कृषि खेतीतर्फ प्रोत्साहन जगाउन उन्नत जातको धानको बीउमा ५० प्रतिशत सहुलियतमा उपलब्ध गराएको सहकारीका अध्यक्ष अमित गजुरेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार अब रोप्ने धानको लागी अहिले किसानलाई बीउ खरिद सहयोग पुराउने उद्देष्यले किसानको माग अनुसार सहकारीले धानको बीउ खरिद गरेर अनुदानमा उपलब्ध गराएको हो । सहकारीमा आबद्ध भएका किसानबाट माग भएरु आए अनुसार नुवाकोटको हावापानी सुहाउदोँ जातको धानको बीउ नुवाकोटको बजारमा खरिद गरेर सहकारीको कार्यालय मार्फत अनुदानमा उपलब्ध गराइएको सहकारीका सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

सहकारीले गएको वर्ष आबद्ध शेयर सदस्यको लागी विभिन्न जातको तरकारीको बीउ उपपलब्ध गराएको थियो भने यो वर्ष पनि मौसम सक्रिय भएपनि किसानको माग अनुसारको बीउबिजन उपलब्ध गराउने योजना बनाएको छ । एक सय जना शेयर सदस्य रहेको ‘विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था’ले बचत तथा ऋणको कारोबार, दैनिक बचत लगायतको सेवा पुराउदै आएको छ । कृषि, महिला उद्यमी, घरेलु तथा साना उद्योग क्षेत्रको प्रबद्धन गर्ने सहकारीको प्रथामिकतामा रहेको छ ।

18.16¡ÆC