सुन व्यावसायीको समस्या समाधान गर्न अर्थ मन्त्री सकारात्मक

फाल्गुन २८, २०७७ मा प्रकाशित | 2478 views

विदुर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदी व्यवसायीले लामो समयदेखि माग गर्दै आएको सुनको आपूर्ति बढाउन नेपाल सरकार सकारात्मक रहेको आवश्वासन दिनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारीसँग भेटका क्रममा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताउनुभएको हो ।

उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको र केही दिनभित्रै समस्या समाधान हुने आवाश्वन दिनुभएको हो ।

सोही अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका सल्लाहकार एवं सभासद छविलाल विश्वकर्माले सुन व्यवसायीलाई परेको अप्ठ्यारा, कानूनी अड्चन तथा राज्यबाट गरिएको बेवास्थाको  अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउदै समस्या समाधानको लागी सहयोग पुराउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web