शिक्षक संघको ‘१८औंँ प्रतिनिधिसभा’ सम्पन्न

फाल्गुन २५, २०७७ मा प्रकाशित | 497 views

शिक्षक संघको ‘१८औंँ प्रतिनिधिसभा’ सम्पन्न

विदुर । नेपाल शिक्षक संघ नुवाकोटको ‘१८औंँ प्रतिनिधिसभा’ सहित सम्मान कार्यक्रम विदुरमा गरिएको छ । जिल्लाको सबै पालिकाहरुमा तेश्रो पालिका सभा सम्पन्न गर्दै हिजो आयोजित जिल्ला प्रतिनिधिसभा सहित शिक्षक तथा संघको भवन बनाउन सहयोग दिने चन्दादातालाई सहयोग गरिएको हो ।

विदुरमा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्यहरु अजुर्नरसिंह केसी, बहादुरसिंह लामा तामाङ, नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी लगायतका अतिथीहरुले शिक्षक संघको विदुरमा रहेको कार्यालय भवन निर्माणको लागी चन्दा सहयोग गर्ने दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ भने शिक्षक युनियन र शिक्षक संघका पूर्वपदाधिकारी सहित सेवानिवृत्त भएका शिक्षकहरुलाई प्रशंसापत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले शिक्षकहरुलाई पेशागत इमान्दारिता, सेवा प्रतिको लगनशिलता तथा गुणस्तरीय शिक्षा प्रवाह गरेर विद्यार्थीको भविष्य उज्वल बनाउन तर्फ लाग्न सुझाब दिनुभएको छ । उहाँले आफू शिक्षा मन्त्री भएको समयमा नुवाकोटका गाउँगाउँमा विद्यालयको स्थापना र दरबन्दी व्यावस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको भएपनि त्यसपछि नुवाकोटमा विद्यालय थप र दरबन्दीको अभाव कायमै रहेको बताउनुभएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङले भोलिका कणधारको रुपमा रहेका बालबालिकालाई शिक्षा, सिप र ज्ञान मार्फत सचेतनाको सञ्चार फैलाउन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

यस्तै, नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बदलिदो परिस्थितीसगै शिक्षकहरुले राजनीतिक ज्ञान लिनुपर्ने भएपनि पार्टी विशेषको कार्यकर्ता नभई तोकिएको अवधिभर नै विद्यालयमा सेवा पुराउन सुझाब दिनुभएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक सँस्थाको रुपमा रहेको नेपाल शिक्षक संघ नुवाकोटमा सबैभन्दा ठूलो शिक्षकहरुको संगठनको रुपमा क्रियाशिल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web