विदुर । “स्वदेशी उत्पादनलाई प्राथमिकता दिऔं तथा नेपाली उद्योगका लागि व्यावसायिक वातावरण सुदृढ बनाऔं” भन्ने नारा सहित मेड इन नेपाल स्वदेशी अभियान सुरु भएको छ ।

नेपाल उद्योग परिसंघले सुरु गरेको अभियनमा अबको चार वर्षभित्र मुलुकको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान २२ प्रतिशत र १० वर्ष भित्रमा २६ प्रतिशत पुर्याउने लक्ष्य तय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो अभियानको आरम्भ गर्नुभएको हो । परिसंघले हरेक वर्ष एक हजार नयाँ उद्योग थप्ने र एक लाख ५० हजार जनालाई औद्योगिक क्षेत्रमा रोजगारी दिने लक्ष्य राखिएको छ ।

पाँच वर्षपछि नेपालको वार्षिक निर्यात ४ दशमलव ३ अर्ब अमेरिकी डलर पुर्याउने गरी योजना बनाएको छ भने त्यसको सफल कार्यान्वयनका लागि नेपालद सरकारले आवश्यक सहयोग गर्नुपर्ने परिसंघले जनाएको छ ।

18.16¡ÆC