एक साताको लागी चिलिमे जल विद्युत केन्द्र बन्द

फाल्गुन २५, २०७७ मा प्रकाशित | 2453 views

विदुर । रसुवामा रहेको चिलिमे जल विद्युत् केन्द्रको उपकरण परिवर्तन गर्ने काम सुरु भएसगै उत्पादन बन्द भएको छ ।

२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो । केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइराखेको उपकरण परिवर्तन गराउन द्रुतरूपमा काम अगाडि बढिरहेको छ ।

जडान सम्पन्न गरी पुनः यथावत रूपमा सञ्चालन गर्न कम्तिमा एक साता लाग्ने देखिएको छ । २०६० भदौ ८ गतेबाट उत्पादन सुरु भएको २२ मेगावाट उत्पादन क्षमताको विद्युतगृहमा जडित उपकरण पुरानो भएकाले बीचबीचमा पर्न सक्ने असरलाई मध्यनजर राख्दै नयाँ उपकरण जडान गर्न थालिएको हो ।

उपकरण जडान कार्य जतिसक्दो छिटो सम्पन्न गराउन प्राविधिकहरुलाई दिनरात नै काम गर्न खटाइएको छ । दुई अर्ब ६४ करोड रुपैयाँ लागतमा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाको दुई हजार ८२६ मिटर हेडरेस सुरूङ भएकाले उत्पादन २२ मेगावाट नै दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web