विदुर । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले वर्तमान सरकारले विगतको गुनासा अन्त्य गर्दै वास्तविक किसानको पहिचान गर्न लागेको बताउनुभएको छ ।

किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा उहाँले किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने उहाँले दाबी गर्नुभएको छ ।

समाजवाद सम्म पुग्न सबै किसानलाई उत्पादन सँग जोड्नु पर्ने बताउँदै उहाँले सातवटै प्रदेशका कृषि मन्त्री तथा सचिवसँग छलफल गरि समग्र कृषिलाई व्यवस्थित गर्ने निष्कर्ष निकालेको पनि बताउनुभएको छ ।

ठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुने तर्फ अगाडि बढेको बताउँदै उहाँले पाँच वर्षभित्र निर्यातमा चमत्कारी सुधारको परिवर्तन आउने जिकिर गर्नुभएको छ ।

16.42¡ÆC