विदुर । सूर्यगढी गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुराउने लक्ष्य अनुसार बार्षिक कार्यक्रमा मार्फत नै समावेश गरेर सूर्यगढी गाउँपालिकाले हालै सम्पन्न शैक्षिक सत्रमा एसईईमा सर्वोकृष्ट अंक ल्याउने गणेश माविका सुजिता पौडेललाई ३० हजार, बागेश्वरी माविका बिचित्र प्याकुरेललाई २० हजार र सबिना न्यौपानेलाई १० हजार रुपैयाँ सहित गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घलेले सम्मान गर्नुभएको हो ।

यसैगरी, कार्यक्रममा पाकिलाभित्रका उत्ृकष्ट शिक्षकहरुलाई पनि सम्मान गरिएको छ भने सेवाबाट अवकास पाएक शिक्षकहरुलाई दीर्घसेवा सम्मानबाट सम्मान गरिएको सूर्यगढी गाउँपालिकाको शिक्षा सहजकर्ता रमेश गिरीले जानकारी दिनुभयो ।

26.99¡ÆC