विद्यालयतहको अन्तिम परीक्षा चैतमा होइन, जेठमा गरिने

माघ २, २०७७ मा प्रकाशित | 322 views

विद्यालयतहको अन्तिम परीक्षा चैतमा होइन, जेठमा गरिने

विदुर । यो वर्षको शैक्षिक सत्र चैत महिनामा नभई जेठमा मात्र गरिने भएको छ ।

चैत महिनामा शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भएपनि कोरोनाको कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाएका कारण जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

शिक्षा पत्रकार सञ्जाल (ईजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताउनुभएको हो । धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ रहेको छ ।

यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ । कोरोना महामारीका कारण गएको वर्ष आन्तरिक मूल्याङ्कन मार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web