विदुर ।कक्षा १२ को नतिजा अबको दशदिन भित्रै प्रकाशन हुने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल अर्थात (ईजोन) ले आयोजना गरेको कार्यक्रममा तथ्याङ्क समावेश गर्ने काम सकिएसगैँ प्रमाणीकरणको काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्तामा सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

केही समयअघि नै नतिजा प्रकाशनको तयारी भएपनि केही विद्यालयको लापर्बाहीका कारण ढिलाइ भएको आरोप राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले लगाउनुभएको छ ।

उहाँको अनुसार दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्ड लगायतका विषयमा विद्यालयले लापर्बाही गरेको कारण नतिजा प्रकाशनमा ढिलाई भएको हो ।

गएको बैशाखमा लिनुपर्ने परीक्षा यो वर्ष कोरोनाको कारण ८ महिना पछि मङ्सिर ९ गतेदेखि लिइएको थियो ।

आफूलाई पायक पर्ने तथा आफूले अध्ययन गरेको विद्यालयबाटै परीक्षा दिन पाउने व्यावस्था मिलाइएको परीक्षामा चार लाख ३१ हजार विद्यार्थीले सहभागिता जनाएका थिए ।

26.99¡ÆC