विदुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘विद्यालय बस सेवा कार्यक्रम’ मार्फत महादेव मावि महादेवफाँटलाई उपलब्ध गराएको बस आइपुगेको छ ।

अहिले नमूना विद्यालयको रुपमा छनोटमा परेको महादेव मावि महादेवफाँटमा विद्यालय बस आइसगैँ विद्यार्थी, शिक्षक र अभिभावकमा गुणस्तरीय शिक्षा प्रवाह र विद्यालयमा विद्यार्थी सङ्ख्या बृद्धि हुनेमा नयाँ जोश थपिएको छ ।

नुवाकोटको विभिन्न स्थान र धादिङको गल्छीबाट आउने निजी विद्यालयका बसले स्थानीयस्तरका विद्यार्थी गाडी चढाएर लैजाने गरेको मुख्य चुनौतीलाई हटाउनको लागी विद्यालयमा भित्रिएको बस सेवाले उमङ्ग थपेको हो ।

बेलकोटगढी नगरपालिकाको वडा न. ५, ६,७, ८ सहित तारकेश्वर गाउँपालिकाको विभिन्न वडाका विद्यार्थीको लागी अध्ययन गर्न पायक पर्ने महादेव माविमा बस भित्रिएसगैँ अब पैदल हिडेर विद्यालय जाने समस्याको समाधान भएसगैँ विद्यार्थीहरु खुसी देखिएका छन् । विद्यालय जादाँ हिडाईको थकानको अन्त्य र निजी विद्यालय भन्दा आफूहरुको विद्यालय कम नहुने भन्दै विद्यार्थीहरु अध्ययनप्रति केन्द्रित हुन उत्साहित भएका छन् ।

विद्यालयमा नयाँ बस भित्रिएसगैँ विद्यार्थीमात्र नभई शिक्षकहरु पनि निकै खुसी भएका छन् । पैदल हिडेर विद्यालय पुग्दा हुने थकानले विद्यार्थीको सिकाईको स्तर बढाउन देखिएको चुनौती अब अन्त्य भएको भन्दै शिक्षकहरु सिकाईको गुणस्तर बढाउन सकिनेमा ढुक्क देखिएका छन् ।

विद्यालयमा बस भित्रएसगै अब विद्यार्थीहरुमा अनुशासनको विकास गर्दै शिक्षण सिकाईमा लाग्न सहयोग पुग्ने वडा नं.७ का वडाध्यक्ष हेमनिधी नेपालले विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरुको हितको लागी सञ्चालन हुने बसलाई क्षति पुग्नबाट जोगाउनदेखि सरसफाइमा ध्यान दिएर अनुशासनका साथ अध्ययनमा लाग्नको लागी वडाध्यक्ष हेमनिधी नेपालले विद्यार्थीलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत विद्यालय बस सेवा अनुदानको कार्यक्रम मार्फत प्राप्त भएकाले अब यसको सञ्चालनको लागी आवश्यक श्रोत–साधनको व्यावस्था मिलाउन बेलकोटगढी नगरपालिकाले चासो देखाएको छ ।

प्राप्त भएको नयाँ बसको मंगलबार कोल्पुटारमा उद्घाटन गरेर महादेवफाँट स्थित विद्यालयसम्म ल्याउन आयोजित कार्यक्रममा नगरप्रमुख राजेन्द्ररमण खनालले विद्यालय व्यावस्थापन समिति मार्फत बस सञ्चालनको लागी आवश्यक कार्यविधि तयार गरेर बस चढेर अन्यत्र जाने विद्यार्थी रोक्नको लागी सक्षम बन्न विद्यालयलाई निर्देशन दिनुभयो ।

बस सञ्चालनको लागी आवश्यक इन्धन, चालक, मर्मतसम्भार लगायतको लागी विद्यालय व्यावस्थापन समितिले कार्यविधि बनाउनुपर्ने र आवश्यक सहयोगको लागी नगरको तर्फबाट नगरप्रमुख राजेन्द्ररमण खनालले प्रतिबद्धता जनाउनुभयो ।

प्राप्त भएको नयाँ बसको मंगलबार कोल्पुटारमा उद्घाटन गरेर महादेवफाँट स्थित विद्यालयसम्म ल्याउन आयोजित कार्यक्रमको सभापति समेत रहनुभएका विद्यालयका प्रधानध्यापक उपेन्द्र महत्तो, विद्यालय व्यावस्थापन समिति नयाँ चयन हुन बाँकी भएकाले हालै पदावधी पूरा भएको समितिका अध्यक्ष लालप्रसाद नेपाल लगायतका सरोकारावालाले शिक्षाको गुणस्तर बढाउन बसलाई एक आधार बनाई विभिन्न पक्षबाट सहयोग पुग्ने भएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा ल्याउने गरेर सञ्चालन गर्नतर्फ लाग्नुपर्ने बताएका छन् ।

25.12¡ÆC