नयाँ पाठ्यक्रम नै लागू हुने, सर्वोच्चमा पुगेको रिट खारेजी

पुस २९, २०७७ मा प्रकाशित | 305 views

नयाँ पाठ्यक्रम नै लागू हुने, सर्वोच्चमा पुगेको रिट खारेजी

<p><b>विदुर । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यो सगै अब नयाँ पाठ्क्रय नै लागू हुने भएको छ ।&nbsp;<br></b></p><p><b>नयाँ पाठ्यक्रम विरुद्ध भगवता अर्याल समेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । अब भने सर्वोच्चले रिट नै खारेज गरिदिए पछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।</b></p><p><b>रिट खारेज भएसँगै विद्यालयस्तरमा नयाँ पाठ्यक्रम अनुसार पढाउने वा पुरानो अनुसार पढाउने भन्ने विवाद अन्त्य भएको छ । नेपाल सरकारले २०७६ सालको फागुन महिनामा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारूप कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, केही माफियााहरुले यसको बिरोध गर्दै अदालतमा पुगेपनि अन्ततः सरकारकै पक्षमा फैसला आएको हो ।&nbsp; &nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web