नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा रहेको समयमा पार्टीको चुनाव चिन्ह कुन समूहले पाउने अन्योल कायम भएपनि नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्ष रमेशबहादुर वस्ती भने अहिले विद्यालयसम्म नै सूर्य चिन्हको प्रचारमा सक्रिय रुपमा लागिरहेका छन् । तारेकश्वर गाउँपालिका वडा नं. ४ बुधसिङस्थित चण्डी माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले शिक्षा ऐन नियमावलीमा व्यवस्था नभएको पद सिर्जना गरी विद्यालय व्यवस्थापन समितिको संरक्षक बनेर विद्यालयभित्रै पार्टीको प्रचारमा केन्द्रित भएका छन् ।

उत्तः पदमा पदमा आपूmलाई स्थापित गरी विद्यालय प्रशासनलाई जानकारी नै नदिई व्यवस्थापन समितिको नामावली विवरण उल्लेखित शिलालेख निर्माण गरी शिलालेखमा विद्यालयको चिन्ह षटकोणभित्रको पुस्तक हटाई पार्टीको चुनावचिन्ह सूर्य राखेर विद्यालयमा स्थायी प्रकृतिको शिलालेख राखेको प्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय बिभागका केन्द्रिय सदस्य एंव महाधिबेशन प्रतिनिधि तथा जिल्ला पार्टी पूर्व उपसभापति चोकराज शाक्यले मंगलबार विज्ञप्ती जारी गर्दै पालिकाको अध्यक्ष रमेशबहादुर वस्तीले सङ्घीय शिक्षा ऐनको भावना विपरीत स्थानीय शिक्षा नियमावली र कार्यविधि निर्माण गरी आफ्ना पार्टीका कार्यकर्ताहरूको भर्तीकेन्द्र बनाउने प्रयास गरिरहेको भन्दै विज्ञप्ती मार्फत विद्यालयमा गरिएको नेकपाको चुनाव चिन्हको प्रयोग प्रति आपत्ति जनाउनुभएको हो ।

यस विषयमा नेपाली कांग्रेसले उक्त कार्यको विरोध जनाउँदै गत पौष १७ गते ज्ञापन पत्र बुझाए पनि त्यसको अहिलेसम्म सुधारको संकेत नदेखिएको भन्दै विद्यालयका प्रधानाध्यापकहरूलाई जबर्जस्ती अभिभावक भेला गरी व्यवस्थापन समितिको अध्यक्ष मनोनयनका लागि गाउँपालिकामा नाम सिफारिस गर्न दबाव दिने कार्य अझै भइरहेकाले गम्भीर आपत्ति जनाइएको छ ।

नेपाल काँग्रेस समर्थित रहेको नेपाल शिक्षक संघमा आवद्ध प्रधानाध्यापकलाई गाउँपालिकाको निर्देशन पालना नगरे सरुवा गरिदिने र जागिर खोसिदिने सम्मको धम्की दिने कार्य अध्यक्ष वस्तीबाट हुँदै आएको जानाकारी प्राप्त भएको भन्दै हुकुमी शासन नदेखाउन नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि शाक्यले गल्ती सच्याउनको लागी स्मरण गराउनुभएको छ ।

तारकेश्वर गाउँपालिकाको अध्यक्ष रमेशबहादुर वस्ती ।

उहाँले जारी गरेको विज्ञत्तीमा ‘नेपाली कांग्रेस शिक्षाजस्तो पवित्र मन्दिरमा व्यवस्थापन समिति गठनका नाममा आफ्ना दलका कार्यकर्ताहरूको भर्तीकेन्द्र बनाउने कार्य तत्काल बन्द गर्न अध्यक्ष वस्ती र गाउँपालिकालाई पुनः आग्रह गर्दछ ।’ भनिएको छ । “चण्डी माध्यमिक विद्यालयमा पार्टीको चुनाव चिन्ह अङ्कित शिलालेख ७ दिन भित्र हटाउन अध्यक्ष रमेशबहादुर वस्ती र विद्यालय प्रशासनलाई अनुरोध गर्दछ । तोकिएको समयभित्र उक्त शिलालेख विद्यालयबाट नहटाइएमा नेपाली कांग्रेस बल प्रयोग गरी उक्त शिलालेख हटाउन बाध्य हुने, शिक्षा ऐनको भावना विपरीत टीके प्रथाद्वारा विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई पार्टीको भर्ति केन्द्र बनाउने कार्यको सशक्त प्रतिकार गरिने” विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।

विद्यालयजस्तो पवित्र सामाजिक संस्थामा अस्वस्थ राजनीतिक हस्तक्षेप गर्ने कार्यले निरन्तरता पाई नेपाली कांगे्रसले बलपूर्वक उक्त शिलालेख हटाउनुपर्ने र शिक्षामा राजनीतीकरणको प्रतिकार गर्नुपर्ने अवस्था सिर्जना भएमा त्यसबाट उत्पन्न हुने सबै परिस्थितिकोे जिम्मेवार गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती, तारकेश्वर गाउँपालिका, स्थानीय प्रशासन र सम्बन्धित विद्यालय नै हुने चेतावनी महाधिबेशन प्रतिनिधि शाक्ले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती ।

26.99¡ÆC