विदुर । सर्वोच्च अदालतमा विचाराधिन विद्यालय तहको पाठ्यक्रम सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायधिश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा सोमबार सुनुवाइको लागि पेश भएको थियो ।

बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शिघ्र निर्क्योल हुनुपर्ने बताएका छन् । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम पारुप स्वीकृत गरेपछि देशभरका अधिकांश शिक्षण संस्थामा त्यहि अनुसार पठनपाठन भइरहेको छ ।

चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

असोज २८ मा संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै निवेदन दर्ता भएको थियो ।

अदालतले कार्यान्वयन नगर्न आदेश दिएपनि विद्यार्थीले नयाँ पाठ्यक्रम अनुसार पाठ्यपुस्तक किनेकाले त्यहि अनुसार अधिकांश विद्यालयमा पठनपाठन हुँदै आएको छ ।

26.99¡ÆC