भण्डारस्थल राम्रो नहुदाँ म्यागङमा औषधि बिग्रियो

अशोज ७, २०७७ मा प्रकाशित | 757 views

देउराली । भण्डारस्थल प्रभावकारी नभएको र कर्मचारीबीचको समन्वयन अभावको कारण म्यागङ गाउँपालिकाको कार्यालयले उपलब्ध गराएको औषधी ‘खान अयोग्य’ बन्न पुगेको पाइएको छ ।

गुणस्तरहीन औषधि भेट्टिएको सम्बन्धमा म्यागङ गाउँपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै छानबिन समितिका संंयोजक समेत रहनुभएका गाउँपालिकाको उपाध्यक्ष शान्ति गरुङले बिरामीलाई वितरण भएको औषधी भण्डारण स्थल चिसो ठाउँ भएको र बर्खायाम समेत भएकाले ओस लागेको कारण थुलो भएको पाइएको जानकारी दिनुभएको छ ।

समितिले एक साता लगाएर तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै भण्डारण स्थल उपयुक्त नहुदाँ औषधी खान अयोग्य रहेको र प्राथमिक स्वास्थ्य केन्द्र देउरालीमा कार्यरत कर्मचारीबीच समन्वय नहुदाँ बिरामीलो प्रभावकारी सेवा पाउन नसकेको प्रवेदन गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले सार्वजनिक गर्नुभएको हो ।

छानबिन समितिका संंयोजक समेत रहनुभएका गाउँपालिकाको उपाध्यक्ष शान्ति गरुङले बुझाएको प्रतिवेदनमा दिएको सुझाब तथा गर्नुपर्ने सुधार तत्कालै कार्यान्वयनमा ल्याउने गाउँपालिका अध्यक्ष आशा तामाङले प्रतिबद्धता जनाउनुभएको छ । समितिले दिएको सुझाब कार्यान्वयनमा गर्दै आगामी दिनमा गाउँपालिकाले प्रवाह गर्ने सेवामा गुणस्तरीय र विश्वासनीय बनाउन गाउँपालिका क्रियाशिल हुने अध्यक्ष आशा तामाङले बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web