<p>काठमाडौ । प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् । अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसाेसियशन अफ् नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले उज्यालोलाई बताउनुभयो । </p><p>गएकाे वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ । उहाँका अनुसार यो वर्ष विदेशबाट फूल आयातको दर पनि घटेको छ । गएकाे वर्ष एक लाख फूल नेपाल ल्याइएकाे भए पनि यो वर्ष त्योभन्दा कम आयात भएको उहाँले बताउनुभयो । </p><p>बजारमा फूलको माग कम रहेकाले याे वर्ष गएकाे वर्षकाे तुलनामा कम परिणाममा फूल आयात गर्न लागिएको हाे । <br></p>
16.54¡ÆC