छात्रवृति पाउनको लागी सामुदायिक विद्यालय नै पढेको हुनुपर्ने

माघ ३, २०७६ मा प्रकाशित | 721 views

विदुर । कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्रै अबदेखि उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने भएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले हिजो केही नेपाल ऐन संशोधनसहित पारित गर्दै सामुदायिक विद्यालयमा पढ्नेले मात्रै छात्रबृत्ति पाउने व्यवस्था गरेको हो ।

समितिका सभापति जयपुरी घर्तिले समावेशी छात्रवृतिका नाममा विभिन्न विकृति बढेकाले  त्यसको नियन्त्रणको लागी र सामुदायिक विद्यालय प्रतिको आकर्षण बढाउनको लागी अनिवार्य व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

छात्रवृति पाउने विद्यार्थी कमजोर बर्ग, दुर्गम स्थल, जेहेन्दार हुनुपर्ने भएपनि निजी विद्यालयमा पढ्ने पहुँचवाला, आर्थिक रुपमा सम्पन्न तथा घोकन्ते विद्यार्थी छात्रवृतिमा हाबी भएको निष्कर्ष निकाल्दै अबदेखि कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्रै उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने कानूनी व्यवस्था गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web