बागमती प्रदेसको राजधानीमा धमाधम संरचना बन्दै

माघ ३, २०७६ मा प्रकाशित | 5161 views

<p><b>विदुर । प्रदेशको नाम र राजधानीको टुंगो लगाएसँगै बाग्मती प्रदेशको राजधानी हेटौंडामा स्थायी संरचना निर्माण धमाधम अघि बढाउन तयारी थालिएको छ । संरचना निर्माणका लागि गत वर्षदेखि नै बजेट बिनियोजन गरिएपनि स्थायी राजधानी तोक्न ढिलाई हुदाँ रकम फ्रिज भएकाले यो वर्ष भने काम अघि बढाउनको लागी बागमती प्रदेश सरकारले काम सुरु गरेको जनाएको छ ।&nbsp;<br></b></p><p><b>स्थायी राजधानी घोषणा भएसँगै हेटौंडामा प्रदेशसभा हल, विभिन्न मन्त्रालयका भवन, कार्यालय र सरकारी निवास निर्माणको काम सुरु गर्न अब बोलपत्र आह्वान निकाल्न लागिएको जनाएको छ । प्रदेशसभा सचिवालयमा विभिन्न प्रयोजनका लागि मात्र यो वर्ष १० करोड रुपैयाँ बजेट भएकाले त्यसको लगानी गरेर संरचना बनाउन एक साताभित्रै बोलपत्र आह्वान निकाल्न लागेको&nbsp; मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभएको छ ।</b></p><p><b>उहाँको अनुसार यसवर्ष नै हेटौडामा प्रदेशसभा भवन, सत्ता र प्रतिपक्ष दलको कार्यालय, सभामुख र उपसभामुखको सचिवालय भवन, प्रहरी व्यारेक, पुस्तकालय तथा मिडिया सेन्टर निर्माण सुरु गर्न लागिएको छ ।&nbsp;&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web