एक करोड सात लाख लगानीमा विदुरमा बनाउन थालियो व्यवस्थित बधशाला

बैशाख १६, २०७६ मा प्रकाशित | 2034 views

नुवाकोट । विदुर नगरपालिका वडा नं ४ को सिमचउरमा विदुर बधशाला भवनको निर्माण सुरु गरिएको छ । भवनको सोमबार शिलान्यास गर्दै विदुर नपाका प्रमुख सञ्जु पण्डितले नगरबासी उपभोक्ताले स्वस्थकर मासु उपभोग गर्न पाउने अधिकार प्रदान गर्न सुरु गरिएको कार्यलाइ चरणबद्ध रुपमा अगाडि बढाउने बताउनुभयो । भवन  निर्माण सहित सिमचउर क्षेत्रको संरक्षण र विकासलाई समेत समावेश गरिने जानकारी दिनुभयो । उहाँले भवन निर्माणको लागी खनिएको जगमा इट्टा राखेर शिलान्यास गर्नुभएको हो ।

उक्त अवसरमा विदुर नपाका उपप्रमुख गिता दाहालले स्वस्थ्य मासु
खरिदविक्रीको लागी निर्माण थालिएको बधशालाले अब्यबस्थित कारोबार हुँदै आएको
मासु पसल सञ्चालन, नगर क्षेत्रको सरसफाइमा सुधार पुग्ने विश्वास व्यक्त
गर्नुभयो ।

सो कार्यक्रममा विदुर कृषि फर्मका सञ्चालक काजीमान ले
निर्मनणाधीन बधशाला निर्माणस्थलसम्म पुग्ने ब्यबस्थित सडक, विद्युत सेवा र
स्थानीयबासीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उक्त बधशाला भवन एक करोड सात लाख रुपैयाँमा विराट–रत्न श्रेष्ठ एण्ड वि.वाइ .एन. जेभी मार्फत निर्माण थालिएको हो । भवनलाइ तोकिएको समयमा गुणस्तरीय कार्यका साथ पूरा गर्ने निर्माण ब्यवसायीका प्रतिनिधि विष्णुप्रसाद सापकोटाले बताउनुभयो ।

भवनमा
हालको लागी कुखुर र खसीबोकाको मात्र बधस्थल बनाइने वडा नं. ४ का वडासदस्य
बसन्त रिजालले बताउनुभयो । उहाको अनुसार सुरक्षित तथा व्यवस्थित बधशाला
जिल्लामा नभइरहेको अबस्थामा केन्द्र सरकारबाट प्राप्त भएको बजेट मार्फत
बन्ने बधशाला नमूना र जिल्लाबासीको लागी उपयोग हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web