पूर्व डिआइजी निरौला पक्राउ

बैशाख ९, २०७५ मा प्रकाशित | 1236 views

९ बैशाख, काठमाडौ । गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ ।

माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आज साँझ पक्राउ गरेको हो ।

छानबिन समिति गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरिएको थियो । निरौला विमानस्थल प्रहरी प्रमुख रहेको बेला सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेको भन्दै उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ । निरौलाले गत चैत २९ मा अवकाश लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web