टोकियो ।

गायक दिपेश श्रेष्ठ एण्ड बड्स ब्यान्डको बिर्सन सक्दिन बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।

मेल्बोर्नमा रहँदै आएका सुनोद श्रेष्ठको निर्देशनमा तयार भिडियोमा सुनोद श्रेष्ठ र एन्जी मुल्मी श्रेष्ठको उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।

तीन दिनको अन्तरालमै युट्युवमा २५ हजार बढी पटक हेरिएको म्युजिक भिडियो लोकप्रिय बन्दै गएकोमा गायक दिपेश श्रेष्ठले आफ्ना फलोअर तथा फ्यानहरुलाई धन्यवाद सहित प्रतिक्रिया व्यक्त गरिदिन आग्रह समेत गरेका छन् ।

अस्ट्रेलीयामा रहँदै आएक सुरज श्रेष्ठको शव्द, जापानमा रहँदै आएका दिपेश एण्ड द व्याण्डको सङ्गीतमा दिपेश श्रेष्ठको सुमधुर स्वरलाई सन्दिप श्रेष्ठको सिनेमाटोग्राफीमा भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियोको परिकल्पना, कथा र निर्देशन सुनोद श्रेष्ठले गरेका हुन् भने म्युजिक भिडीयोलाई प्रबीन श्रेस्ठले सम्पादन गरेका छन् ।

अस्ट्रेलीयाको मेल्बोर्नका सुन्दर दृष्य र उत्कृष्ठ अभिनयसँगै भिडियो निर्देशन रहेको बिर्सन सकिन बोलको गितको केही अंश जापानमा पनि छायांकन गरिएको छ ।

19.12¡ÆC