साक्षर काभ्रेपलाञ्चोक घोषणाको तयारी

पुस १, २०७४ मा प्रकाशित | 876 views

Default News Image

धुलिखेल ।

काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । औपचारिक शिक्षा कार्यक्रमले समेट्न नसकेकाहरुको पहुचमा पुग्ने गरी अनौपचारिक शिक्षा केन्द्रमार्फत विभिन्न साक्षर कार्यक्रमहरु सञ्चालन गरिएपछि साक्षर काभ्रेपलाञ्चोक घोषणाको तयारी भएको हो ।

साक्षर नेपाल बनाउने अभियानका साथ आर्थिक वर्ष ०६७÷०६८ बाट घरधुरी सर्वेक्षण थालेकोमा काभ्रेमा पनि स्थानिय विद्यालय,खुला विद्यालय,आधारभूत विद्यालय र सामुदायिक सिकाई केन्द्रहरुको अगुवाईमा साक्षर कक्षाहरु सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँले संघियताको अभ्यास अनुसार नयाँ संरचनामा जाँदा आगामी शैक्षिक सत्रबाट जिल्ला शिक्षा कार्यालय नरहने देखिएको भन्दै चैत अगाडीनै घोषणा गर्ने गरी अगाडी बढ्न जिल्लाका सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

जिल्ला शिक्षा समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जिल्लाका सबै सरोकारवालाहरुसंग समन्वय गरी साक्षर काभ्रे घोषणाको कार्यक्रम अगाडी बढाउने प्रतिवद्धता जनाउनुभयो ।

संयुक्त राष्ट्रसंघ,युनेस्कोको मापदण्ड अनुसार औपचारिक शिक्षाले समेट्न नसकेका १५ देखी ६० वर्ष उमेर समुहका ९५ प्रतिशत जनतालाई उनिहरुकै अनुकुल समयमा प्रौढ शिक्षा,महिला शिक्षा तथा साक्षर कक्षा जस्ता कार्यक्रम सञ्चालन गरी साक्षर बनाउन सके उक्त जिल्ला वा स्थानिय निकायलाई साक्षर भनि घोषणा गर्न सकिन्छ ।

जिल्ला शिक्षा अधिकारी गुरुङले जिल्लाका सबै स्थानिय निकायमा ९५ प्रतिशत साक्षरता दर नपुगेपनि जिल्लागत हेर्दा समग्रमा ३ लाख ७५ हजार ९ सय ३९(९५ दशमलब २ प्रतिशत) साक्षर भईसकेको बताउनुभयो । सोही मुताविक २०७३ सालको असोजमै साक्षर काभ्रेपलाञ्चोक घोषणाको तयारी भएपनि जिल्ला शिक्षा समितिका संयोजक तथा तत्कालिन स्थानिय विकास अधिकारीले नमानेका कारण ढिलाई भएको शिक्षा अधिकारीको आरोप छ ।

जिल्ला शिक्षा कार्यालयले तयार पारेको प्रगतिप्रतिवेदनमा काभ्रेका ३ वटा नगरपालिका र २ वटा गाउँपालिकामा साक्षरता ९५ प्रतिशत माथि पुगेको उल्लेख छ । ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा भने ९५ प्रतिशतभन्दा कम जनता साक्षर देखिएका छन् ।

९५ प्रतिशत जनता साक्षर नभएको स्थानिय निकायलाई साक्षर बनाउने प्रतिवद्धता जाहेर गरेर पनि काभ्रेलाई साक्षर बनाउन सकिने अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक वालकृष्ण गैरेको भनाई छ । उहाँले समग्रमा काभ्रेको साक्षरता ९५ प्रतिशत माथि पुगेकोले पनि छिट्टै साक्षर काभ्रे घोषणा गर्न अनुरोध गर्नुभयो ।

साक्षर गाउँपालिका,साक्षर नगरपालिका वा साक्षर जिल्ला घोषित भएपनि निरन्तर शिक्षाका लागि कोटा नरोकिने उपनिर्देशक गैरेले खुलाउनुभयो । योपाली मात्रै काभ्रेका लागि ३१ सय ३५ साक्षरता कोटा आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले निरन्तर कक्षाका लागि आगामी दिनमा प्राप्त हुने साक्षर कोटालाई भरपुर सदुपयोग गरी अधिकतम लाभ हासील गर्न सक्नुपर्नेमा जोड दिनुभयो । मानव विकासको महत्वपुर्ण सुचकाङ्क मानिएको साक्षरता दर काभ्रेका सबै ठाउँमा शत प्रतिशत पुर्याउन सकिने सम्भावना रहेपनि त्यसको अनुगमणन नभएकोमा भने सरोकारवालानै मौन देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web